News

सरकारकाे बेवास्ताले कराेडाैकाे अदुवा गाेदामा थन्कियाे

सरकारकाे बेवास्ताले कराेडाैकाे अदुवा गाेदामा थन्कियाे
aduwA भदाै - २१ । एक हप्ता अघिदेखि भारत निकासी बन्द भएको नेपाली अदुवा गोदाम मै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन् । यति बेला माउ अदुवा बिक्री गर्ने मुख्य समय हो । तर, किसानले माउ अदुवा बिक्री नगर्दै भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुमका अदुवा किसान र व्यापारी समस्यामा परेका हुन् । नेपाल हुँदै भारत गएको चिनियाँ अदुवामा हानिकारक विषादीको मात्रा र सङ्क्रमण भएको भन्दै भारतीय पक्षले नेपाली अदुवा निर्यातमा समेत रोक लगाएको व्यापारीले बताए । “कृषकसँग अदुवा लिएको एक महिना बित्न लागिसक्यो, अदुवा कुहिएर खेर जान लाग्यो, अदुवा भारत निर्यात नहुँदा अन्यन्तै समस्यामा परेका छौं” – अदुवा निर्यातका लागि सहज गरिदिन सम्बन्धित निकायसँग आग्रह गर्दै व्यापारी चन्द्र बस्नेतले भने । अदुवा निकासी बन्द भएपछि किसान र व्यापारीको करोडाैँ रुपैयाँ डुब्ने भएको छ । यहाँको अदुवा भारतीय बजार नक्सलबारी, बैङ्गलोर र सिलिगुडीको बजारमा बढी बिक्री हुने गर्दछ । कृषि विकास कार्यालयका अनुसार पाँचथर, ताप्लेजुङ, इलाम र झापामा मात्रै तीन हजार ७७० हेक्टरभन्दा बढी जमिनमा अदुवाखेती हुने गरेको छ । यहाँको वार्षिक उत्पादन ५५ हजार ४० मेट्रिक टन छ । नेपालमा उत्पादन हुने कुल अदुवामा ३१ प्रतिशत पूर्वी जिल्लाहरुको योगदान रहेको छ ।

aduwa godamami

विशेष