News

नेपाल तरुण दलको अध्यक्षमा कृष्णजी खड्का विजयी

नेपाल तरुण दलको अध्यक्षमा कृष्णजी खड्का विजयी
krishna khadka भदौ - २१ । नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्षमा कृष्णजी खड्का विजयी भएका छन् । तरुण दलको चौथो अधिवेशनमा खड्का प्यानल नै विजयी भएका हुन् । सोमबार भएको मतदानमा खड्काले ४ सय १० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रमेश महर्जनले ७१ मत प्राप्त गरेका छन् । खड्का प्यानलबाट उपाध्यक्षमा राजेशभक्त महर्जन, सचिवमा दिनेश विक्रम र कोषाध्यक्षमा अमृत मानन्धर विजयी भएका छन् । यसैगरी केन्द्रीय पार्षदमा प्रभाषमान सिंह, महिला पार्षदतर्फ रमिला महत विजयी भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिलातर्फ शारदा श्रेष्ठ, महिला समावेशीतर्फ मनदेवी श्रेष्ठ, जनजातीतर्फ उमेश गुरुङ, अल्पसंख्यकतर्फबाट भूमिका श्रेष्ठ विजयी भएका छन् ।

krishna ji khadaka nepal tarun dal

विशेष