विदेश

क्यान्सर पीडितको सहयोगलाई नग्न तस्बिर खिच्दै हलिउड सुन्दरी

क्यान्सर पीडितको सहयोगलाई नग्न तस्बिर खिच्दै हलिउड सुन्दरी
caraभदौ–२१ । हलिउड सुन्दरी कारा डेलवीन क्यान्सर पीडितको नाममा न्यूड तस्बिर खिचाएर चर्चामा आइरहेकी छिन् । यी बेलायती अभिनेत्रीको फोटो सुट यस्तो छ कि, जसमा शरीरको माथिल्लो भागमा कपडा लगाएकी छन् तर कम्मरदेखि तलको भाग भने सर्वाङ्ग नाङ्गै छ । उनले गोप्य अंग नदेखियोस भनेर केवल फूलको सहारा लिएकी छन् । उनले यस्तो तस्बिर ‘सन्डे टाइम्स’का लागि सुट गरेकी हुन् । क्यान्सर पीडितको सहयोगका लागि सक्रिय संस्था ‘लेडी गार्डन क्याम्पियन’का निमित्त आफू नांगिएको अभिनेत्री काराले बताएकी छन् । २३ वर्षीया काराले यी तस्बिरहरुलाई आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत पनि शेयर गरेकी छन् । यद्यपी काराको यस्तो हर्कत पहिलो भने होइन, कयौंपटक यस्तै स्क्यान्डलमा उनी चर्चामा आइनै रहेकी छन् ।

cara delwing

विशेष