News

बलिउड अभिनेता सिन्हा नेपालमा

बलिउड अभिनेता सिन्हा नेपालमा
shatrughan singha भदाै - २१ । बलिउड अभिनेता सांसद शत्रुधन सिन्हा नेपाल आइपुगेका छन् । बुधवारदेखि काठमाडौंमा सुरु हुने एलजी फिल्म अवार्डमा सहभागी हुन भारतीय अभिनेता सिन्हा मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् । अभिनेता सिन्हा भारतीय जनता पार्टीका सांसदसमेत हुन् । अभिनेता सिन्हा सिनेमा वर्कसले आयोजना गरेको एलजी अवार्डमा सहभागी हुन नेपाल आएका हुन् । १८ वटा विधामा प्रदान गरिने ‘एलजी फिल्म अवार्ड’ मा उत्कृष्ठ नायिकाको विधामा ‘वडा नं ६’ बाट प्रियंका कार्की, ‘क्लासिक’वाट नम्रता श्रेष्ठ, ‘भाग सानी भाग’बाट केकी अधिकारी, ‘प्रेमगीत’बाट पूजा शर्मा र ‘ड्रिम्स’बाट साम्राज्ञी राज्यलक्ष्मी शाह परेका छन्। उत्कृष्ट निर्देशकको विधामा ‘पशुपति प्रसाद’बाट दिपेन्द्र के खनाल, ‘क्लासिक’बाट दिनेश राउत, ‘कबड्डी कबड्डी’वाट रामबाबु गुरुङ,‘प्रेमगीत’बाट सुदर्शन थापा र ‘ड्रिम्स’बाट भुवन केसी छन्। सर्वोत्कृष्ट फिल्मको सूचीमा पनि पशुपति प्रसाद, कबड्डी कबड्डी, ड्रिम्स, प्रेमगीत र क्लासिक परेका छन्।

bollywood

विशेष