News

सुचना उपलब्ध गराउन संसदीय समिति सहमत

सुचना उपलब्ध गराउन संसदीय समिति सहमत
bicc भदाै - २१ । व्यवस्थापिका–संसद संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइका सम्बन्धमा आमसञ्चार माध्यममार्फत १० दिने सूचना सार्वजनिक गर्ने निर्णय मंगलबार गरेको छ । सरकारले छिमेकी गणतन्त्र भारतका लागि राजदूतमा नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नाम प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको हो । मन्त्रिपरिषदको यही भदौ १६ गतेको बैठकले उहाँहरुलाई राजदूतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । समितिको आजको बैठकले उपाध्याय र पौड्याललाई राजदूत पदमा नियुक्ति गर्न उपयुक्त छैन् भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सवुत प्रमाणसहित यही भदौ ३१ गतेसम्म सूचना उपलब्ध गराउन सूचित गर्ने निर्णय गरेको हो । समितिले संसदीय सुनुवाइ समिति, व्यवस्थापिका–संसद सचिवालय सिंहदरबारमा त्यससम्बन्धी सूचना उपलब्ध गराउन सबैमा सूचित गरेको छ ।

BICC rajdud niyukti

विशेष