News

बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहेका कर्णेल लामाले सफाइ पाए

बेलायतमा यातनासम्बन्धी मुद्दा खेपिरहेका कर्णेल लामाले सफाइ पाए
kumar lama भदौ - २१ । सशस्त्र द्वन्द्वकालमा सर्वसाधरणलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्णेल कुमार लामाले सफाई पाएका छन् । एक मुद्दामा साउनमा उन्मुक्ती पाएका लामाले दोस्रो मुद्दामा मंगलवार सफाई पाएका हुन् । यसअघि एउटामात्र मुद्दामा सफाई पाउँदा उनी अर्को मुद्दाको फैसला कुरेर बसेका थिए । दुवै आरोपमा सफाई पाएपछि उनलाई नेपाल आउने बाटो पनि खुलेको छ। दुई आरोपित मध्ये एक व्यक्तिको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने निर्णय जुरीले सुनाएपछि उनी नेपाल फर्कने सम्भावना कायम राख्दै दोस्रो मुद्दाको पर्खाइका बसेका थिए । मंगलवार ओल्ड बेली फौजदारी अदालतमा जस्टीस स्वीनी सहितको १२ सदस्यीय जुरीले लामालाई दुवै आरोपवाट सफाई दिने निर्णय सुनाएको हो । जुरीको उक्त निर्णयपछि लामाको मुद्दा पून सुनुवाई हुने भनि यसअघि भएको निर्णय पनि खारेज भएको छ । दुवै मुद्दाको अन्तिम फैसला आउने अपेक्षा गरिएता पनि पटक पटक बसेको जुरी कुनै पनि निष्कर्षमा पुग्न नसपछि एक व्यक्तिको मात्र निर्णय आएको थियो जुरीले लामा माथि लगाइएको याताना सम्वन्धि दुई आरोप पुष्टि हुन नसकेको भन्दै यस्तो निर्णय सुनाएको हो । कर्णेल लामा कपिलबस्तुस्थित एक सैनिक ब्यारेकमा कार्यरत रहँदा आफुलाई चरम यातना दिएको भन्दै करम हुसेन र जनकबहादुर राउतले उनी बिरुद्ध मुद्दा दायर गरेका थिए। सेन्ट्रल क्रिमिनल कोर्ट ओल्ड बेलीमा लामाको मुद्दाको नेतृत्व गरिरहेका जस्टिस स्वानीको इजलासल उक्त मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने फैसला सुनाएको हो । पहिलो फैसलाको क्रममा अभियोजनकर्ता राउतको मुद्दामा भने पटकपटक बसेको जुरीले टुग्गो लगाउन सकेको थिएन। केही समयपछि पून सुनुवाई हुने वा निर्णय सुनाउने तय हुने भन्दै तत्कालीन समयमा स्थगीत गरिएको थियो। १२ सदस्यीय जुरी बीच १०, २ वा ११, १ को मतले मात्र अन्तिम फैसला दिन सक्ने कानुनी प्रावधान रहेकोमा राउतको मुद्दामा आवश्यक सँख्या नपुगेको कारणले लामा बिरुद्धको मुद्दामा पुनः सुनुवाइ हुनु तर्फ अघि बढेको थियो।

kumar lama safai paye

विशेष