News

डा दुर्गाबहादुर सुवेदी संयुक्त अधिराज्यको लागि राजदूत नियुक्त

डा दुर्गाबहादुर सुवेदी संयुक्त अधिराज्यको लागि राजदूत नियुक्त
काठमाडौँ, २१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा दुर्गाबहादुर सुवेदीलाई संयुक्त अधिराज्यको लागि नेपाली राजदूत पदमा नियुक्त गरिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव डा सुवेदीलाई आज सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए। नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुनुभएका डा सुवेदीले ‘आधुनिक नेपालको विदेश नीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका छन्। विभिन्न विधाका आधा दर्जन कृति प्रकाशन तथा सम्पादन गरेका उनी एक दर्जन विद्याका पुरस्कारबाट पुरस्कृत भएका छन्। रासस

Dr. Durgabahadur Subedi

विशेष