ताजा खबर राजनीति News

प्रधानमन्त्रीको सचिवलाई निर्देशन तानाशाह बन्नु तर उदार

प्रधानमन्त्रीको सचिवलाई निर्देशन तानाशाह बन्नु तर उदार

Pushpa-Kamal-Dahal भदौ २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयनका लागि उदार तानाशाह बन्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।

उच्चस्तरीय संघीयता कार्यान्वयन तथा पुनर्संरचना निर्देशक समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा दाहालले १९ महिनाभित्र स्थानीय तह, प्रदेश र केन्द्रीय प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था रहेका कारण संघीयता कार्यान्वयनमा कठोर बन्न निर्देशन दिएका हुन् ।

संविधान कार्यान्वयन नभए मुलुक राजनीतिक र संवैधानिक संकटमा पुग्ने खतरा रहेको औंल्याउँदै प्रधानमन्त्री दाहालले मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर यस्तो निर्देशन दिएका हुन् ।

मधेस केन्द्रीत दलका नेताहरुले प्रदेश सीमाकंनमा असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री प्रचण्डले सात प्रदेशलाई नेपाली विशेषताको संघीय मोडलको संज्ञा दिएका छन् । अन्नपूर्णपोष्ट

pm dahal

विशेष