ताजा खबर News

संसद बैठक अब युट्युबबाट लाइभ

संसद बैठक अब युट्युबबाट लाइभ

samsad भदौ २२ । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रशारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रशारण हेर्न पाइने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको हो । यद्यपि यसबारे अन्तिम निर्णय हुन भने बाँकी नै छ ।

सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका–संसदका महासचिव मनोहरप्रसाद भट्टराई, संसद सचिव हिमलाल सुवेदी र सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युबमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो ।

व्यवस्थापिका–संसदका हरेक बैठकको प्रत्यक्ष प्रशारण युट्युबबाट गरिए मोफसलमा रहेका संचारमाध्यसमेत लाभान्वित हुनेछन् । सूचना प्रविधिको विकाससँगै सूचनाको प्रचारप्रसारमा व्यापकता ल्याउने उद्देश्यले यस्तो कार्य गरिएको सचिवालयले जनाएको छ । राजधानी दैनिक

Samsad Baithk

विशेष