अपराध सुरक्षा प्रवास News

जापानमा नेपाली युवती बलात्कारमा परेपछि....

जापानमा नेपाली युवती बलात्कारमा परेपछि....

Rape

भदौ २२ । ‘मिल्दासम्म मायाप्रीति, कुरा बिग्रेपछि बाहिरी न भित्री’ अहिले यस्तै तनावपूर्ण जिन्दगीबाट गुज्रदै छन्, जापानको राजधानी टोकियोमा नेपाली युवा–युवती ।

टाढाको सहर फुकुओकाबाट केही समयअघि सामाजिक सञ्जालमार्फत साथी बनेका उदय राईको कोठामा आई सँगै बस्ने थालेकी मिङ्मा तामाङ आफूमाथि पटक–पटक यौन दुव्र्यहार भएको उजुरीसहित प्रहरी समक्ष पुगेकी छिन् ।

भोजपुर घर भई (१९ जनवरी १९९१ मा जन्म, नागरिकता प्रमाणपत्र नं. ०९१०३१–४२, राहादनी नम्बर ०६९०६१०४) केही वर्षदेखि जापान बस्दै आएका उदयले आफूभन्दा ३ वर्ष जेठी मिङ्मालाई शरण दिँदै शारीरिक शोषण गरेको बताइन्छ ।

अस्पतालमा जाँच गराउँदा मिङमाको शरीरमा पिटाइको निलडाम भेटिएको छ । मिङमाले उदयलाई थुनाउनै चाहिँ चाहेकी छैनन, बरु २० लाख लिएर विवाद सल्टाउन खोजिएको उनका साथी बताउँछन् ।

यो विवादले किन पनि कानुनी रुप लिइहालेको छेन भने नेपालमा दुवै विवाहित हुन् । १९८८ को सेप्टेम्बरमा जन्मिएकी मिङ्मालाई सन् २०१९ को मे १३ सम्म जापान बस्ने अनुमति प्राप्त छ । उनलाई इञ्जिनियर र मानवशास्त्रमा स्पेसलिष्टको हैसियत प्रदान गरिएको छ । जनआस्थाबाट

Nepali girl in Japan

विशेष