देश News

२ सय २६ मिटरको तिनाऊ पूल पार गर्न डेढ घण्टा ! (भिडियोसहित)

२ सय २६ मिटरको तिनाऊ पूल पार गर्न डेढ घण्टा ! (भिडियोसहित)

Tiiii

भदौ २२ ।  नेपालको पूर्व र पश्चिम क्षेत्रलाई जोड्ने रुपन्देहीको तिनाऊ नदीमा निर्मित पूल जोखिमपूर्ण अवस्थामा छ । पूर्व जीर्ण बनेको तथा पूलमा खाल्टाखुल्टी परेका कारण सवारी साधन चलाउन समस्या परेको छ । स्थानीय जीवन परियारका अनुसार २ सय २६ मिटरको पूल पार गर्न डेढ घण्टा लाग्ने गरेको छ ।

पूल नजिकै बुटवलबजारमा श्रेष्ट टेलरिङ संचालन गर्दै आएका परियारले भने, ‘खाल्टाखुल्टीका कारण सवारीसाधन पूलमा उफ्रने गर्दछन् । सुरक्षा जोखिमका कारण अति सुस्त चलाउँनुपर्ने अवस्था छ । ठूलो गाडी पार गर्न डेढ घण्टा लाग्ने गरेको छ ।

यो पूल हुँदै दिनहुँ हजारौ सवारी साधन पूर्व–पश्चिम गर्दछन् । बुटवलभन्दा पश्चिमको भुभाग जोड्ने सेतुका रुपमा रहेको यो पूलका कारण यात्रुहरुले सास्ती भोग्ने गरेका छन् ।

स्थानीयले आक्रोश व्यक्त गरेपछि एक महिनाअघि टालटुल पारिएको थियो । ‘दिउँसो खाल्टाखुल्टी पुरियो, राति पानी आयो । बिहान जस्ताको तस्तै भयो ।’ परियारले भने ।

https://youtu.be/RgUqsH07K04

Tinau Pul

विशेष