News समाज

जलेश्वरमा कुकुर आतंक

जलेश्वरमा कुकुर आतंक

Dog

भदौ २२ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको संख्यामा अत्यधिक वृद्धि भएको छ । जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक आठ-दशजना कुकुरले टोकेको बिरामी आउने थालेका छन् ।

सो अस्पतालका चिकित्सक साकेश कर्णका अनुसार अहिले कुकुरको प्रजननको बेला, बच्चा उत्पादन गर्ने बेला र बच्चा स्याहार–सुसार गर्ने बेला रहेकाले कुकुरको सम्पर्कमा जाने, जिस्काउने तथा कुकुरका बच्चालाई हानि पु¥याउनेलाई कुकुरले बढी रुपमा टोक्ने गरेको र सोही कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढ्दै गएको बताए ।

जम्मा ६६ गाविस र तीन नगरपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेको बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा राजीव झाले जानकारी दिए । डा झाले अहिले कुकुर निक्कै आक्रामक भएका र कुकुरलाई हानि–नोक्सानी गर्न पुगेका बालबालिकालाई बढीरुपमा कुकुरले टोक्ने गरेको पाइएको बताए । उहाँले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप निक्कै बढ्न थालेपछि कुकुरले टोकेका बिरामीका लागि दैनिक रुपमा छुट्टै चिकित्सक टोलीको व्यवस्था गरेर बिरामीलाई सेवा दिइने गरिएको बताए ।

कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि ‘प्रोफालेक्सिस’ नामक ‘एन्टिरेबिज भ्याक्सिन’ दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा मणिष पाण्डेले बताए ।

Dog Bite

विशेष