सिरियामा रासायनिक हमला, ३७ बालबालिकासहित ८० गम्भीर घाइते

भदौ – २२ । सिरियाको एलेप्पोका केही भागमा भएको क्लोरिन रसायन हमलामा कम्तीमा ८० जना घाइते भएका छन्् । विद्रोही नियन्त्रित क्षेत्रमा गरेको रासायनिक हमलामा परी ३७ जना बालबालिकासहित ८० जना घाइते भएका हुन् ।
सयुक्त राष्ट्र संघले सिरियाली सरकारी सेनाले हेलिकप्टर मार्फत एलेप्पोमा विद्रोहीले कब्जा गरेको इलाकामा रासायनिक क्लोरिन हमला गरेको आरोप लगाइएको छ ।
आपतसेवा स्वयमसेवक कर्मचारीका अनुसार उक्त इलाकामा हमलापछि मानिसलाई सास फेर्न गाह्रो भएको छ ।
पछिल्लो रिपोर्ट पुष्टि हुन नसके पनि अगस्टमा संयुक्त राष्ट्रसंघको नेतृत्वमा रहेको एउटा छानविन टोलीले सिरियाली सरकारी सेनाद्वारा कम्तीमा दुई पटक क्लोरिन रसायन प्रयोग गरी हमला भएको आरोप लागेको छ । सिरियाको सरकारले भने रासायनिक हमलाको आरोपको खण्डन गर्दै आएको छ ।
सिरियाली नागरिक इब्राहिम अलहजका अनुसार एक हेलिकप्टरबाट चार सिलिन्डर बम फालिएको थियो । उनी त्यसको केही समय पछि उनी घटनास्थल पुगेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पनि पोस्ट गरेका थिए । जुन भिडियोमा बच्चाहरु सास फेर्न अक्सिजन माक्सको प्रयोग गरेका थिए ।
Chemical war
Syria War


