News

एमाले नेता पोखरेलविरुद्ध साइबर क्राइमको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार

एमाले नेता पोखरेलविरुद्ध साइबर क्राइमको जाहेरी दर्ता गर्न प्रहरीद्वारा अस्वीकार
भदौ – २२ । रंगभेदी ट्विट लेखेर मधेशी समुदायको अपमान गरेका अाराेपमा नेकपा एमाले नेता शंकर पोखरेलविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । Shankar-Pokharel समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले बुधबार महानगरिय प्रहरी परिसर टेकुमा साइबर क्राइम अन्तर्गत एमाले नेता पोखरेलविरुद्ध दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको हो । उनले पोखरेललाई पाँच वर्ष कैद सजायको मागसहित जाहेरी दिएकाे दिएका थिए । एमाले नेता पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार जाहेरी दर्ता गर्न सुवेदी नेतृत्वको टोली टेकु पुगेको थियो । ‘हामी जाहेरी दर्ता गर्न सक्दैनौं, अब तपाईहरुले के गर्नु हुन्छ तपाईहरुको मर्जी’ भन्दै उजुरी अस्वीकार गरेका सुवेदीले प्रहरीकाे भनाइ उद्धृ गर्दै बताए । गम्भीर मुद्दालाई कमजोर बताउँदै जाहेरी दर्ता गर्नबाट जोगिन प्रहरीले कुतर्क गरेको सुवेदीले आरोप लगाए । नेता पोखरेल विरुद्धको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता दुर्गामणि सुवेदीले बताएका छन् । अदालतको परमादेशपछि जाहेरी दर्ता गर्न प्रहरी बाध्य हुने उनले बताए । एमाले नेता पोखरेलले मंगलबार ‘मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्विट गरेका थिए । चौतर्फी विरोध र आलोचना भएपछि पोखरेलले ट्विट डिलिट गरेका थिए । preess

Durgamani Sibedi Shankhar Pokharel

विशेष