रुसी राष्ट्रपतिको कार दुर्घटना, प्रिय चालकको मृत्यु

भदौ – २२ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चढ्ने गरेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको हो । पुटिन भने कारमा सवार थिएनन् ।
पुटिनको कार मंगलबार राजधानी मस्कोस्थित सडकमा विपरीत दिशाबाट आएको कारसँग ठोक्किँएको थियो । कार पुटिनका अनुभवी चालकले चलाएका थिए । उक्त चालक पुटिनका प्रिय चालक मध्येका एक हुन् । मृत्यृ हुने चालकको ४ दशकको अनुभव रहेको पनि बताइको छ । चालकको भने नाम खुलाइएको छैन । दुर्घटना कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पुटिन २०१७ मा लन्च हुने कोर्टेजी कार लिने सुरमा छन् । कोर्टेजी अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रयोग गर्ने बिस्ट जस्तै रहेको छ ।
Car Accident
Russia
Valdimir Putin's Car Accident
