विदेश

टर्कीको असफल विद्रोहमा संलग्न भएको आरोपमा थप ७३ सैनिकलाई हटाइयो

टर्कीको असफल विद्रोहमा संलग्न भएको आरोपमा थप ७३ सैनिकलाई हटाइयो
इस्तानबुल(टर्की), २२ भदौ । टर्कीले जुलाई १५ मा भएको असफल सैनिक विद्रोह ‘कू’ मा संलग्न भएको अरोपमा थप ७३ जना सैनिक अधिकारीलाई पदमुक्त गरेको यहाँको सरकारले मङ्गलबार जनाएको छ । TurkeyTouristicMap टर्कीको रक्षा मन्त्रालयले आफ्नो ट्वीटर अकाउन्टमा बुधबार ‘कू’ मा संलग्न नेतामाथिको कार्वाहीले सेवामा कार्यरत सैनिक अधिकारीको मनोबल उच्च बनेको बताएको छ । टर्की अब इश्लामिक धर्मगुरु फेतुृल्लाह गुलेनको पञ्जाबाट मुक्त हुनेछ । ट्वीटरमा सन्देशमा भनिएको छ । जुलाई १५ मा भएको विद्रोहलाई धार्मिक नेता गुलेनको नेतृत्व रहेको भनी सरकारले गुलेन विरुद्ध पक्राउ आदेश जारी गरको छ भने अमेरिकामा स्वघोषित शरणार्थी जीवन बिताइरहेको गुलेनले अाफू र आफ्नो संगठन धार्मिक संगठन भएको र सधैँ शान्तिका पक्षमा काम गर्दैआएको जनाउँदै उक्त असफल ‘कू’ प्रयासमा आफ्नो संलग्नतालाई नकार्दै आएका छन्। रासस÷एपी

Turkey

विशेष