News

कैलालीमा यात्रुबाहक बस र टेक्टर एक आपसमा जुध्दा, १ को मृत्यू २२ जना घाईते

कैलालीमा यात्रुबाहक बस र टेक्टर एक आपसमा जुध्दा, १ को मृत्यू २२ जना घाईते
भदौ - २२ । पूर्बपश्चिम राजमार्ग अन्तरगत कैलालीको चौमाला कुचैनीमा यात्रु बाहक बस र टेक्टर एक आपसमा ठोक्किदा १ जनाको मृत्यू भएको छ भने अन्य २२ जना घाईते भएका छन । car-accident-graphic-demo अत्तरियाबाट लम्की तर्फ गईरहेको सुदुरपश्चिम यातयातको ना ५ ख १३५० नंम्बरको बस बिपरित दिशाबाट अाएकाे वनटेष्ट टेक्टर ठाेकिएकाे थियाे । टेक्टरका चालकको घटनास्थलमा नै मृत्यू भएको छ । बसमा सबार २२ जना यात्रीहरु घाईते भएका भएका छन्। मृतक टेक्टर चालकको पहिचान हुन सकेकाे छैन । घाईतेहरुको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भई रहेको सुदुरपश्चिम क्षेत्रिय टा्फिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाईते हुनेहरुमा कैलाली मसुरियाका खेम बहादुर कठायत , चौमालाकी रत्ना नेपाली , साडेपानीका दिपक सुनार , साडेपानी कै भिम बहादुर बिष्ट , बाजुराका डम्बरराज जोशी , सोही स्थानका सन्तोष जोशी , कैलाली दोदोधाराका राजकुमार चौधरी , साडेपानीकी भबिसरा आचार्य सोही स्थानका देब प्रसाद आचार्य रहेका छन् । त्यस्तै धनगढीका मनिराम गौतम, गदरियाका समिर चौधरी सोही स्थानका भागिराम चौधरी , झलारी कंचनपुरका अर्जुन मल्ल , चेतना मल्ल , कैलाली चौमालाकी पशुपति देबी मल्ल छतिबन डोटी छतिबनका मंगल रसाईली , कैलाली सुखडका नैन बहादुर सार्की , कैलाली कोटातुल्सीपुरका सुरेन्द्र बडायक , बौनियाकी संझना चौधरी , मसुरियाकी कमला कठायत र चुहाका दरबारीया कठरिया रहेको पदमा अस्पतालले जनाएको छ । बस ओभरटेक गर्ने क्रममा ठोक्किएको घाईतेहरुले बताएका छन ।

Accident in Kailai one death in road accident Road Accident in nepal

विशेष