खेल News

पाकिस्तानद्वारा इंग्ल्याड पराजित

पाकिस्तानद्वारा इंग्ल्याड पराजित

pakisan भदौ २३ । पाकिस्तानसँगको ट्वान्टी–ट्वान्टी क्रिकेटमा इंग्ल्याण्ड पराजित भएको छ । बुधबार राति वल्ड ट्रफोर्डमा भएको खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्याण्डलाई ९ विकेटले हरायो । एक मात्र ट्वेन्टी–ट्वेन्टीमा इंग्ल्याण्डले प्रस्तुत गरेको एक सय ३६ रनको लक्ष्य भ्रमण टोली पाकिस्तानले १४ दशमलव २ ओभरमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो ।

pak

पाकिस्तानका शारजित खानले ३६ बलमा सात चौका र तीन छक्काको मद्दतमा ५९, खालिद लातिफले ४२ बलमा ८ चौका र दुई छक्काको मद्दतमा नटआउट ५९ तथा बाबर अजामले नटआउट १५ रन बनाए । इंग्ल्याण्डका अदिल रशिदले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनायो । इंग्ल्याण्डका एलेक्स हेल्सले ३७ तथा ज्यासन रोयले २१ रन बनाए । पाकिस्तानका वाहब रियाजले तीन तथा हसन अली र इमाद वासिमले दुई दुई विकेट लिए ।

Cricket

विशेष