ताजा खबर राजनीति News

भारतसंग कुनै लामो सपिङ लिष्ट लिएर जान नलागेको प्रधानमन्त्री दाहालको स्पष्टोक्ति

भारतसंग कुनै लामो सपिङ लिष्ट लिएर जान नलागेको प्रधानमन्त्री दाहालको स्पष्टोक्ति

भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणमा कुनै नयाँ सम्झौता नहुने बरु विगतमा भएका सहमति सम्झौताको कार्यान्वयनमा नेपालले जोड दिने बताएका छन् ।

भारत भ्रमणबारे पूर्वपरराष्ट्रमन्त्री र कूटनीतिज्ञसँग बुधबार सल्लाह, सुझाव लिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणमा खासै नयाँ विषय छैन । यसपटक नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ। भारतीय पक्षबाट पनि भ्रमणमा नयाँ विषयमा आउने छैनन् भन्ने लाग्छ । हाम्रा तर्फबाट पनि नयाँ सम्झौता गर्न जोड दिने छैनौं ।

दाहालले आफूले लामो‘सपिङ लिस्ट’ लिएर भारत जान नलागेको बताए । भारत भ्रमणमा जाने भन्नेवित्तिकै नेपालमा तरंग आउने गरेको भन्दै उनले आफ्नो भ्रमणलाई संशयको रुपमा नलिन आग्रह गरे । अन्नपूर्ण पोष्ट

pm dahal

विशेष