ताजा खबर News समाज

प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गर्ने

Pushpa-Kamal-Dahal भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् । व्यवस्थापिका संसद मार्फत उनले सम्वोधन गर्नेछन् । सम्वोधनमा एक महिनाका गरेको काम र अबको कार्ययोजनाका विषयमा जानकारी गराउने छन् । भारत र चीनसँगको सम्बन्ध र भारतभ्रमणको विषयमा पनि आउनेछ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले एक महिना पूरा गरेको छ । प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा पहिले प्रचण्डले संसदमा सम्वोधन गर्दै पहिलो पटक प्रधानमन्त्री हुंदा आफू अनुभवविहीन भएकाले यसपटक राम्रै अनुभव प्रदर्शन गर्ने संकेत गरेका थिए ।

pm dahal

विशेष