राजनीति News

गच्छदारको पार्टीमा किचलो

गच्छदारको पार्टीमा किचलो

Bijaya Gacchadar भदौ २३ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताको विषयलाई लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । उपाध्यक्ष जितेन्द्रनारायण देवलगायत केही आकांक्षीले मन्त्री बन्न अध्यक्ष विजयकुमार गच्छदारले नसघाए पार्टी फुटाउने धम्की दिएसँगै विवाद सतहमा आएको हो ।

गच्छदारले पार्टी्भित्र मन्त्री बन्ने आकांक्षीले कृत्रिम विवाद खडागरेको जिकिर गरे । मन्त्री बन्ने लोभमा पार्टीलाई कसैले हानी÷नोक्सानी पु¥याउन नपाउने गच्छदारले बताए । सम्मानजनक स्थिति बने आफू पनि सरकारमा जान सक्ने उनले संकेत गरे । ‘हाम्रो पार्टी राप्रपाभन्दा ठूलो हो, त्यसअनुसार सम्मानजनक स्थिति नभए पन्छी उडाउनमात्रै जाने सरकारमा ?’

Bijaya Gacchadar

विशेष