अपराध सुरक्षा ताजा खबर News

पापी शिक्षक आफैले पढाउने विद्याथीलाई राजधानीकै मुटुमा बलात्कार

पापी शिक्षक आफैले पढाउने विद्याथीलाई राजधानीकै मुटुमा बलात्कार

Rape भदौ २३ । सात कक्षामा अध्ययनरत किशोरीलाई शिक्षकले स्कुलकै होस्टेलमा बलात्कार गरेका छन् । बालाजु वसन्तनगरस्थित अभियान पब्लिक स्कुलका शिक्षक डम्बरबहादुर खड्काले विद्यार्थीलाई बलात्कार गरेका हुन् । खड्कालाई महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ गरेको छ । स्कुल परिसरमै रहेको होस्टेलमा गत १७ भदौको बेलुका खड्काले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बर्दिया घर भई सोही स्कुलमा गणित विषय पढाउने खड्का होस्टेल वार्डेनका रूपमा समेत कार्यरत थिए । होस्टेलमा थोरै मात्र छात्रा भएको मौका पारी उनले बलात्कार गरेका हुन् । परिवारको उजुरीपछि खुल्यो रहस्य १८ गते घर गएकी छात्रा १९ गते स्कुल फर्केकोमा सो दिन होस्टेलमा नबसी साथीको घरमा गएकी थिइन् । स्कुलबाट छोरी हराएको भन्दै उनकी आमाले १९ भदौमा बालाजु वृत्तमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गरेको थियो । पछि साथीको घरमा गएको पत्ता लाग्यो ।

होस्टेलमा बस्न नमान्नुको कारणबारे अनुसन्धान हुँदा शिक्षकले बलात्कार गरेको खुलेको हो । सुरुमा किशोरीले आफूलाई दुव्र्यवहार भएको बताएकी थिइन् । थप सोधपुछ गर्दा बलात्कार नै गरेको खुलेपछि पक्राउ परेका खड्कालाई जबर्जस्ती करणी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको हो । तर, उनले पनि आफूले बलात्कार नगरेको दाबी गर्दै आएका छन् । सोही कोठामा सुतेको अन्य बच्चाहरूले पनि शिक्षक खड्काले ती छात्रामाथि बलात्कार गरेको बताएका छन् ।

विद्यालयकै आग्रहमा परिवारले ती छात्रालाई गत ९ गतेदेखि होस्टेलमा राख्दै आएका थिए । शिक्षक खड्काविरुद्ध अन्य विद्यार्थीले पनि स्कुल प्रशासनमा उजुरी गर्दै आएको बालाजु वृत्तका इन्सपेक्टर ऋषि घर्तीमगरले बताए । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरी सूक्ष्म अनुसन्धान अघि बढाएको छ । विद्यालय प्रशासनले छात्राको मेडिकल रिपोर्ट आएपछि आफूहरूले शिक्षकमाथि कारबाही अघि बढाउने बताएका छन् ।

Rape in nepal Rape inSchool

विशेष