एप्पलले ल्यायो पानी डुब्दा पनि केही नहुने आइफोन ७ र सेभेन प्लस
भदौ २३ । एप्पलले आइफोनको नयाँ संस्करण सर्वाजनिक गरेको । अमेरिकाको सन फ्रान्सेसकोमा बुधबार राति भएको विशेष कार्यक्रममा एप्पलले आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको हो । एप्पल वाच टु पनि सार्वजनिक गरेको छ । दुई वटा १२ मेगापिक्सलको क्यामरा रहेको आइफोन ७ प्लसमा एउटामा वाइड एंगल लेन्स छ भने अर्कोमा टेलिफोटो लेन्स छ ।
दुई वटा क्यामराको सहायताले आइफोन सेभेन प्लसले दुई गुणासम्म अप्टिकल तथा १० गुणासम्म डिजितल जुम गर्न सक्छ । यसबाट प्रयोगकर्ताले डिएसएलआर क्यामराले खिचेको जस्तै तस्बिर खिच्न सक्छन् । यसमा थ्रिडी म्यापिङको सुविधा पनि हुनेछ । नयाँ आफफोनमा पानी तथा धुलोबाट सुरक्षित हुने सुविधा छ । यी आइफोन आइपी सिक्सटी सेभेन वाटर एण्ड डस्त रेसिस्ट्न्ट छ । यसको अर्थ तीन दशमलव दुई फिट गहिराइ भएको पानीमा ३० मिनेटसम्म नयाँ आइफोन डुबेपनि केही हुने छैन ।
नयाँ आइफोनमा अघिल्ला आइफोनमा जस्तो हेडफोनको ज्यान हुने छैन । यसमामा ३.५ एमएमको आइफोन ज्याक हटाइएको छ । अब तार रहित हेडफोन प्रयोग हुनेछ ।
I Phone 7