ताजा खबर विदेश News

इजिप्टमा बस र रेल दुर्घटना हुँदा २७ जनाको ज्यान गयो

इजिप्टमा बस र रेल दुर्घटना हुँदा २७ जनाको ज्यान गयो

rail भदौ २३ । दक्षिणी कायरोमा छुट्टाछुट्टै भएको बस र रेल दुर्घटनामा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । एक बस दुर्घटनामा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ भने रेल दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ ।

इजिप्टको दक्षिणपश्चिमी प्रान्त वेदी एल गेडिडमा एक बस र ट्रक एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको इजिप्टेली स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सो बसमा रहेको यात्रुहरूको एकिन सङ्ख्या भने तत्काल प्रष्ट भएको छैन । दुर्घटना भएको रेलमा करिब ६० जना यात्रु रहेको र रेल ट्र्याकबाट छुट्टिएका कारण उक्त घटना भएको बताइएको छ।

कायरोबाट दक्षिणी सहर आजवानतर्फ गईरहेको रेल दुर्घटनामा परेको प्रहरी र चिकित्सक स्रोतले जानकारी दिएको छ। यस रेल दुर्घटनामा अन्य २७ यात्रु घाइते भएका छन ।

Rail Acciden

विशेष