राजनीति News

योगेश भट्टराई भन्छन्, ‘शंकरजीले अन्जानमा गल्ती गर्नुभो, धेरै नउचालौँ’

योगेश भट्टराई भन्छन्, ‘शंकरजीले अन्जानमा गल्ती गर्नुभो, धेरै नउचालौँ’

भदौ २३ । हाम्रो पार्टीका स्थायी समिति सदस्य शंकर पोखरेलको फेसबुक स्टाटसका बारेमा भइरहेका टिकाटिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पार्टीमा यसका बारेमा छलफल हुन्छ । हाम्रो पार्टी सबै प्रकारका विभेद र उत्पीडनको विपक्षमा छ । शंकरजी स्वयंको आशयपनि विभेद गर्ने होइन । त्यसको अनर्थ लगाइएको र आफूबाट गल्ती भएको उहां स्वयंले स्विकार गर्नुभएको छ ।

सम्बन्धित व्यक्तिले नै गल्ती भएको स्विकार गरिसकेपछि गलत कि ठीक भन्ने प्रश्न नै भएन । यो अन्जानमा भएको हो । उहाँले स्टाटस हटाइसकेको र गल्ती भइसकेको भन्ने प्रष्टिकरण दिइसकेको सन्दर्भमा यही विषयलाई उचाल्ने र प्रहार गर्ने काम नगर्न म सबैलाई आग्रह गर्दछु ।

हाम्रो पार्टी एमालेलाई शंकरजीको स्टाटससँग जोडेर नहेर्न आग्रह गर्दछु । सबैखाले उत्पीडनका बिरुद्धमा हामी छौं । यसर्थ हामीले मधेशीलाई होच्याउने वा विभेद गर्ने भन्ने प्रश्नै उठ्दैन । उहाँको अभिव्यक्तिका कारण मधेशी समुदायमा चोट पुगेको भनिएको सन्दर्भमा हामीले सचेतापूर्वक समीक्षा गर्नेछौं ।

(नेकपा एमालेका सचिव एंव प्रवक्ता योगेश भट्टराईसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित)

Nepali Politics Shankar Pokhrel Yogesh Bhattarai

विशेष