विदेश

विद्यार्थीलाई सजायस्वरुप निमको झोल खुवाएपछि

विद्यार्थीलाई सजायस्वरुप निमको झोल खुवाएपछि
neem भारतको गुजरातमा डेढ महिनायता विद्यार्थीलाई सजायस्वरुप निमको झोल खुवाउने गरिएको छ । विद्यालयमा गृहकार्य नगर्ने, अनुशासनमा नबस्ने, भनेको नटेर्ने,झगडा गर्ने, हल्ला गर्ने विद्यार्थीलाई सजायस्वरुप यस्तो सजाय दिन थालिएको हो । गल्ती गर्ने विद्यार्थीलाई यस्तो सजाय शिक्षक शिक्षिकाले नभएर विद्यालयका प्रबन्धकले दिने गरेका छन् । गल्ती गरेपछि सजायस्वरुप निमको रस पिउने डरले विद्यार्थीहरु त्रसित भइरहेका छन् । उता विद्यालय प्रबन्धक भने तितो झोल पिउनु पर्ने डरले विद्यार्थी अनुशासित रहेको विचार व्यक्त गर्दछन् । यस्तो सजायमा विद्यार्थीको अभिभाकले पनि समर्थन गरेका छन् । उनका सन्तान अनुशासित तथा स्वास्थ्यमा पनि सकारात्मक फाइदा गर्ने भएकाले अभिभावकले समर्थन गर्ने गरेका छन् ।

India neem

विशेष