News

भूकम्पपीडितलाई ८ लाखसम्म सहयोग दिने प्रधानमन्त्रीको घोषणा

भूकम्पपीडितलाई ८ लाखसम्म सहयोग दिने प्रधानमन्त्रीको घोषणा
puspa-kamal-dahal भदाै - २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित परिवारका लागि ८ लाखसम्मको प्याकेज दिने घोषणा गरेका छन् । बिहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडितलाई पहिलो किस्ता दिने कामले तीव्रता पाएको बताउँदै पीडितलाई ८ लाखसम्म राहत प्याकेज दिने बताएका हुन्। उनले आफू प्रधानमन्त्री हुनु अघि झण्डै ४० हजारले मात्र पाएकोमा अहिले ३ लाख १९ हजार पुगेको बताए। भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको २ लाख अनुदान अपर्याप्त भएको भन्दै प्रधानमन्त्री प्रचण्डले एक लाख थप्ने घोषणा गरेका छन्। यस्तै सामूहिक जमानीमा ३ लाख निव्र्याजी ऋण दिइने प्रधानमन्त्रीले संसदलाई जानकारी गराएका छन् । यसैबीच उनले भूकम्पका कारण आवाससँगै पेशा र रोजगारी गुमाएका परिवारलाई स्वरोजगारमुलक व्यवसायी संचालन गर्न परियोजना धितोका आधारमा सहुलियतपूर्ण व्याजदरमा २ लाखसम्म ऋण दिइने बताए। प्रधानमन्त्री प्रचण्डले पुनर्निर्माणमा ढिलासुस्ती गर्नेलाई कारबाही र समय अगावै सक्नेलाई पुरस्कार दिइने बताए । साथै ४० ठाउँमा भूकम्पपूर्व चेतावनी दिइने केन्द्र स्थापित गरिने समेत घोषणा गरे ।

puspa kamal dahal

विशेष