News

चैत्र भित्र स्थानिय निकायको निर्वाचन गर्ने प्रतिवद्धता

चैत्र भित्र स्थानिय निकायको निर्वाचन गर्ने प्रतिवद्धता
puspa-kamal-dahal भदाै - २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजजीतिक सहमतिकै आधारमा असोजभित्र स्थानीय तहको संख्या र सीमाको टुंगो लगाइने बताएका छन् । प्रधानमन्त्री भएपछि विहीबार पहिलो पटक संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो जानकारी दिएका हुन् । प्रमुख दलहरुबीच बुधबारमात्र स्थानीय तहबारे तीन दिनभित्र सहमति खोज्ने समझदारी भएको थियो । स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगले ५६५ स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । तर, यसबारे प्रमुख दलहरुबीच साझा धारणा बन्न सकेको छैन । साथै चुनावका लागि वातावरण बनाउन सबै दललाई आहृवान गरे । उनले भने, राजनीतिक लाभ(हानी नहेरी चुनावको वातावरण बनाउन म सबैलाई आहृवान गर्छु ।’ आफू निर्वाचन आयोगसँग निरन्तर सम्वादमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले ०७४ माघ ७ भित्र तीनवटै चुनाव गर्न आफ्नो नेतृत्वको सरकार प्रतिवद्ध रहेको बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले वार्ताका नाममा धेरै समय खेर फाल्ने सहुलियत अब नभएको बताए । साथै उनले अब सहमति खोज्न ढिला गर्न नहुनेमा जोड दिएका छन् ।  

pm puspa kamal dahal prachanda

विशेष