News

विदेशबाटै पूर्ण श्रमस्वीकृतिको व्यवस्था गरिने

विदेशबाटै पूर्ण श्रमस्वीकृतिको व्यवस्था गरिने
puspa-kamal dahal भदाै - २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुन स् श्रम स्वीकृति तथा बिमा गर्न व्यवस्था मिलाउने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले बिहीबार संसदमार्फत राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् । खाडी तथा मलेसियामा कार्यरत नेपालीले पुनस् श्रमस्वीकृतिको लागि दूतावासबाटै व्यवस्था गर्न माग गर्दै आएका थिए । प्रधानमन्त्री दाहालले विदेशस्थित अस्पतालमा रहेका नेपाली विरामीलाई परिवारकै सहमतिमा नेपालमा ल्याउने व्यवस्था गरेको बताए । खाडी तथा मलेसियामा कोमामा रहेका नेपालीलाई राज्यले जिम्मा नलिँदा स्वदेश फिर्ता सकेको छैन । कतारमा मात्रै झन्डै एक दर्जन विरामी छन् । दाहालले विदेशी जेलमा रहेका नेपालीको पक्षमा कानुनी पैरवी गर्ने दूतावास मार्फत मिलाउने बताए । उनले ब्लडमनि तिर्नुपर्ने नेपालीको हकमा ५ लाख ‘सिड मनि’ दिने बताए । र अपुग रकम विभिन्न देशमा रहेका नेपालीहरुलाई सहयोगको लागि पहल गर्ने बताए । दाहालले विदेशमा मृतक भएका नेपाली कामदारका परिवारलाई ७ लाख रुपैयाँ क्षतिपुर्ति दिइने बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले ब्लडमनि दिनुपर्नेलाई ५ लाखको सिडमनि, मृतक परिवारलाई ७ लाख क्षतिपूर्ति, ५ देशसँग श्रम सम्झौता गर्ने, उजुरी तथा गुनासो टिपाउन फोन गर्दा शुल्क नलाग्ने र २४ घण्टै कार्यालय गुनासो लिने व्यवस्था गरिने घाेषणा गरेका छन् ।  

pm puspa kamal dahal prachanda

विशेष