News

कालोबजारी गर्नेलाई कडा कारबाही, ट्याक्सीमा हुने ठगी नियन्त्रण हुने

कालोबजारी गर्नेलाई कडा कारबाही, ट्याक्सीमा हुने ठगी नियन्त्रण हुने

भदाै - २३ । व्यवस्थापिका संसदमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालोबजारी, मूल्यबृद्धी र ठगी गर्नेलाई कडा कारबाहीको दायरामा ल्याइने घोषणा गरेका छन् । कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउन संस्थागत रुपमा कार्ययोजना ल्याइने उनले बताए । 

कालोबजारीलाई नियन्त्रण गर्न ७ प्रदेशमा उपभोक्ता अदालतको ब्यवस्था गरिने उनको भनाई छ ।

पारदर्शी र जिम्मेवार बजार ब्यवस्थापनलाई जोड दिन विशेष कार्ययोजना बनाउने बताए । इन्धन संकट हुन नदिन ७ प्रदेशमा तेल भण्डारको ब्यवस्था गरिने बताउदैँ आपूर्तिसँग सम्बन्धित निकायलाई राष्टिय आपूर्ति कम्पनी गठन गरिने बताए । ट्याक्सीमा हुने ठगी नियन्त्रण गर्न ६ महिनाभित्र यात्रुले कम्प्युटर बिल प्राप्त गर्ने ब्यवस्था गर्न लागिएको बताए । देशका विभिन्न स्थानमा हालसालै भएका सडक दर्घटना र त्यसको स्मरण गर्दै सडक सुरक्षा सम्बन्धी एकीकिृत कानुन निमार्ण गरिने घोषणा गरे ।

उनले सबारीमा यात्रुले भोग्ने हैरानी हटाउन देशका मुख्य सहरहरुमा नगरपालिका मार्फत ठूला बस संचालन गर्ने बताए । उनले पूर्व पश्चिम जोड्ने हुलाकी मार्ग निमार्णमा हुने ढिलासुस्ती मान्य हुने नहुने बताउदै काममा तीब्रता दिन आग्रह गरे । कृषि उपजको बजार ब्यवस्थापनका लागि बिचौलियाको मारबाट मुक्तिदिने गरी सहकारी मार्फत ब्यस्था गरिने बताए । कृषि उत्पादन बढाउने प्रतिबद्दता व्यक्त गरेका छन् ।    

pm puspa kamal dahal prachanda

विशेष