News

नेपालको अदुवामा भारतको राजनीति

नेपालको अदुवामा भारतको राजनीति
aduwA भदौ - २३ । अदुवा बोकेका सयौँ ट्रकहरु भारतीय सीमामा एक सातादेखि रोकिएका छन् । नेपाली अदुवामा बिषादी मिसिएको आरोप लागाउँदै भारतले खरिदमा रोक लगाएको हो । नेपाली अदुवाले राम्रो मूल्य पाउन नसकेको समयमा भारतले अदुवाको निकासिमा रोक लागएपछि पूर्वी क्षेत्रका किसानहरु मर्कामा परेका छन् । अदुवा निकासि गर्ने नेपाल भारत, चीनपछिको तेस्रो ठूलो देश हो । नेपालको अदुवालाई विश्व बजारमा उच्चस्तरको मान्ने गरिन्छ । नेपालमा उत्पाद हुने ७५ प्रतिशतभन्दा वढी ताजा अदुवा र २० प्रतिशन सुकेको (सुठो) विश्वका विभिन्न देशमा जाने गर्दछ । त्यसको निकासी गर्ने एकमात्र बाटो भनेको भारत नै हो । कृषकहरुले उत्पादन गरेको अदुवा सुरक्षीत तरिकाले स्टोर गर्ने क्षमता नेपालमा छैन । त्यसैले, नेपाली कृषकहरुले अदुवालाई ताजा नै बेच्ने गर्दछन् । कृषकहरुले उत्पादन गरेको सबै जसो अदुवा भारतलाई बेच्ने गरिन्छ । नेपालका निम्न स्तरका किसानको आर्थिक आम्दानीको स्रोत बनेको अदुवामा भारतले पछिल्लो समय राजनीति गर्ने प्रयास गरेको छ । विराटनगर, बिरर्तामोड, धरान, हेटौडा, बिरगन्ज, बुटवल, बाजुरा, तुल्सीपुर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र काठमाडौं अदुवाका विक्रि केन्द्र हुन् । गत हप्तादेखि यी कुनै ठाउँबाट एक किलो अदुवा पनि भारत प्रवेश गर्न पाएको छैन । पूर्वको नाकामा करिब २१ करोड ६० लाखको अदुवा रोकिएको छ । ६ सय गाडिमा राखिएको उक्त अदुवा जम्मा गरेर ६२ लाख किलो छ । होलसेलमा प्रतिकिलो ३० रुपैँयामा अदुवा बेचिन्छ । नेपालको अदुवा पाकिस्तान, वंगलादेश, जापान, जर्मन, श्रीलंका, यूएई, यूके लगायतका देशहरुमा बेचिने गरिन्छ । विश्वबजारमा नेपाली अदुवाले राम्रो बजार पाएपछि भारतीय अदुवा व्यापार खस्किएको थियो । भारतले नेपालको अदुवामा पर्याप्त सफाई नभएको, गाठँ कुहिने समस्या भएको र चाइनिज अदुवा मिसिएको आरोप लगाउँदै अदुवा निर्यातमा रोक लगाएको छ । यस विषयलाई लिएिर अन्तराष्ट्रिय व्यापार प्रवर्दन शाखाका उपसचिव डा.प्रद्युम्न पाण्डेको संयोजकमा ६ सांसदिय टोलि गठन भएको छ । -प्रस्तुति नेत्र पौडेल

aduwa bharatle rokyo rajniti

विशेष