News

‘प्रतिभा सम्मान’ पुरस्कार संस्कृतविद् जोशीलाई

‘प्रतिभा सम्मान’ पुरस्कार संस्कृतविद् जोशीलाई
satya-mohan-joshi भदाै - २३ । प्रतिभासम्मान प्रबन्ध गुठीले यसवर्षकाे ‘प्रतिभा सम्मान’ संस्कृतविद् सत्यमोहन जोशीलाई प्रदान गरेको छ । नेपाली भाषा साहित्य र संस्कृतिको उत्थानमा विशेष योगदान पुयाएकाले उनलाई बुधबार आयोजित एक कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो । पञ्चकन्या इरा दुवाल, इशा महाँजू, चिछु कर्माचार्य, युविना नकर्मी, इच्छा महाजुले संयुक्त रुपमा नगद रु २५ हजार र ताम्रपत्र प्रदान गरी उनलाई सम्मान गरेको हो । सम्मानित व्यक्तित्व जोशीलाई मूर्धन्य संस्कृतविद्, शताब्दीऔँ पुरुष र उच्चविचारका धनी मानिँदै आएको छ । झन्डै २० वर्षअघि बनेपाका समाजसेवीले स्थापना गर्नुभएको उक्त गुठीले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा विशेष योगदान दिने प्रतिभालाई सम्मान गर्दै आएको छ । हाल उक्त गुठी रु आठ लाख बचतको ब्याजबाट सञ्चालन हुँदै आएको छ । बुधबार उक्त गुठीले यसवर्षको ज्ञानबहादुर पदक लोकगायक मच्छेश्वर सापकोटालाई र नाटककार भूषण श्रेष्ठलाई कान्छाभाइ पदकबाट सम्मान गरेको छ । सम्मानितद्वयलाई जनही नगद रु १० हजार र कदरपत्रबाट सम्मान गरिएको थियो । प्रतिभा सम्मान प्रतिभा गुठीका अध्यक्ष साहित्यकार मोहन दुवालको सभापतित्वमा सम्पन्न सो समारोहमा संस्कृतिविद् जोशीले नैसर्गिक रुपमा प्रस्फुटित प्रतिभा सम्मान गर्न लायक हुने बताएका छन् ।

prativa samman puraskar satya mohan joshi

विशेष