News

मलेसियाद्वारा भिसा प्रक्रियामा एकद्वार केन्द्र स्थापना, भिसा शुल्क वृद्धि

मलेसियाद्वारा भिसा प्रक्रियामा एकद्वार केन्द्र स्थापना, भिसा शुल्क वृद्धि
भदौ – २३ । मलेसियाले भिसा प्रक्रियाका लागि नेपालमा एकद्वार केन्द्र (वान स्टप सेन्टर) खोल्नुका साथै मलेसियालले भिसा शुल्कमा वृद्धि गरेको छ । मलेसियाले काठमाडौंको लाजिम्पाट मेट्रो पार्कको तेस्रो तल्लामा वान स्टप सेन्टर खोलेको हो । passport अब यहीँबाट पासपोर्ट संकलन तथा भिसा प्रक्रिया हुनेछ । आधिकारिक भिसा भने दूतावासबाटै जारी गरिने भएको छ । मलेसियाले भदौ २७ गतेदेखि लागू हुने गरी भिसा शुल्क पनि बढाएको छ । अब नेपालका लागि मलेसियाले ६ हजार ७ सय रुपैयाँ भिसा शुल्क लिनेछ । मलेसियाले बितेको २ वर्षैमा २ पटक भिसा वृद्धि गरिसकेको छ । भिसा शुल्क बढाएपछि ठूलो मारमा भने वैदेशिक रोजगारीमा जानेहरु पर्नेछन् । अहिले मलेसिया जाने कामदारसँग विभिन्न बाहनामा ठूलो रकम अशुल्ने गरिएको छ । मलेसियाले भारतीयका लागि ७ हजार ५ सय रुपैयाँ र्पुयाएको छ भने चिनियाँ नागरिकका लागि ६ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।

Malaysia visa Visa Cost

विशेष