विदेश

अमेरिकी राष्ट्रपति ओबामाद्वारा नेपालमा ‘किशोरीलाई पढ्न देउ’ कार्यक्रम सुरु गर्ने घोषणा

अमेरिकी राष्ट्रपति ओबामाद्वारा नेपालमा ‘किशोरीलाई पढ्न देउ’ कार्यक्रम सुरु गर्ने घोषणा
Barack Obama भदौ – २३ । ‘किशोरीलाई पढ्न देउ’ अभियानलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा पनि विस्तार गर्ने घोषणा गरेका छन् । दक्षिण–पूर्वी एसियाली देशहरुको सम्मेलन आसियानमा बोल्दै राष्ट्रपति ओबामाले उक्त घोषणा गरेका हुन । सो अभियान अमेरिकी प्रथम महिला मिसेल ओबामाले सुरु गरेका हुन् । राष्ट्रपति ओबामाले लाओस र नेपालमा अभियान विस्तार गर्ने बताएका हुन् । यो अभियान मिसेल र आफ्नो लागि निकै महत्पूर्ण कार्यक्रम गरहेको राष्ट्रपति ओबामाले ह्वाइटहाउसद्वारा जारी भाषण भनिएको छ । ‘मिसेल र मेरा लागि निकै महत्वपूर्ण कार्यक्रम लेट गर्ल्स लर्न नेपाल र लाओसमा सुरु हुनेछ,’ ओबामाको भाषणमा भनिएको छ, ‘कुनै पनि देश त्यहाँको पुरुषहरु सरह किशोरी र महिलाहरु पनि सशक्त नभई अगाडि बढ्न सक्दैन ।’ राष्ट्रपति पत्नी मिसेल ओबामाले पनि ट्विट गर्दै उक्त घोषणाको पुष्टि गरेकी छिन् । https://twitter.com/FLOTUS/status/773311521090777088 ‘किशोलीलाई पढ्न देउ’ अमेरिकी सरकारको सहयोगमा ह्वाइट हाउसले चलाएको कार्यक्रम हो । सन् २०१५ मार्चबाट सुरु भएको हो । उक्त कार्यक्रमले विश्वभरका विपन्न देशमा विभिन्न कारणले गर्दा आफ्नो पढाई बीचमै छोड्नुपर्ने बाध्यता भएका किशोरीहरुलाई पढाई पूरा गर्न र आत्मनिर्भर हुन सहयोग गर्छ । हाल यो कार्यक्रम मालावी र तान्जानियामा सुरु भइसकेको छ । नेपाल र लाओस भने यो कार्यक्रम विस्तार हुने पहिलो एसियाली देश हुन् ।

Bark Obama Let Girls Learn LetsGirlsLearn Program

विशेष