News

प्रधानमन्त्रीको सम्बोधन प्रचारमुखी भएको एमाले नेता रावलको दाबी

प्रधानमन्त्रीको सम्बोधन प्रचारमुखी भएको एमाले नेता रावलको दाबी
Bhim-Rawal भदौ - २३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसदमा गरेको सम्बोधनलाई एमालेले प्रचारमुखी वक्तव्य भनेको छ । साउन १९ गते सदनबाट प्रधानमन्त्रीमा निर्वाचित प्रचण्डले पहिलोपटक बुधबार व्यवस्थापिका संसदमा सरकारका प्राथमिकता, हालसम्मका उपलब्धिका बारेमा एकघन्टा लामो लिखित मन्तव्य दिएका थिए । संसद बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष भीम रावलले बजेटमै व्यवस्था नभएको कार्यक्रमका बारेमा प्रधानमन्त्रीले आफ्नो भनाइ राख्नु सस्तो प्रचारमात्र भएको टिप्पणी गरे । 'प्रधानमन्त्रीले बोल्नुभएका विषय बजेट वक्तव्यमा छैन,’ रावलले प्रश्न गरे,'  कहाँबाट पैसा ल्याएर त्यो पूरा गर्नुहुन्छ?’ उपाध्यक्ष रावलले संविधान संशोधन कसका लागि किन चाहियो भन्ने प्रश्न गर्दै यो बेकारमा चलाइएको हल्लामात्र भएको बताए ।

Bhim Rawal nekapa amale

विशेष