विदेश

भवन भत्किँदा ४ कामदारको मृत्यु

भवन भत्किँदा ४ कामदारको मृत्यु
surung भदाै - २३ । तेहरानको मेट्रो स्टेशन सञ्जालको निमार्ण भईरहेको नयाँ सुरुङ्ग भत्किँदा चार कामदारको मृत्यु भएको छ । इरानको राज्यद्धारा सञ्चालित सञ्चार माध्यमले बिहीबार सो जानकारी दिएको छ । सो दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् । घाइतेहरुमा केही अफगान शरणार्थीसमेत रहेका छन् । निर्माण भईरहेको नयाँ सुुरुङ्ग बुधबार साँझ भत्किएको थियो । इरानमा मेट्रोको सुरुवात सन् १९७७ बाट भएको थियो । सन् १९७९ को इस्लामिक क्रान्ति र सन् १९८० देखि १९८८ सम्म इरान र इराकबीच चलेको युद्धको कारण मेट्रोको निमार्णमा अत्यन्त ढिलाई हुन गएको थियो । तर सन् १९९० देखि यो पुनः सुरु भएको थियो । हाल इरानको करिब १ सय वटा मेट्रो स्टेसन रहेका यो सुचारु रुपमा चलिरेहेको छ । रासस ÷एएफपी

surung death

विशेष