मनोरञ्जन News

'मिस विश्वकर्मा २०१६'को फिनाले भाद्र ३१ गते हुँदै

'मिस विश्वकर्मा २०१६'को फिनाले भाद्र ३१ गते हुँदै
miss-bishwokarma भदाै - २३ । नेपालमै पहिलो पटक हुन लागेको मिस विश्वकर्माको ग्रान्ड फिनाले  भदौ ३१ गते शुक्रबार हुने भएको छ । उक्त कार्यक्रम आर्मी अफिसर्स क्लब टुडिखेलमा हुँदैछ । 'परिवर्तनको लागि हाम्रो आवाज’ भन्ने मूल नारासहित युवा पिडिबाट नै सकारत्मक समाज परिवर्तन गर्न सम्भव छ भन्ने मुख्य सोचका साथ 'मिस बिस्वकर्मा २०१६' प्रतियोगिता आयोजना गरिएको हो । समाजमा पुरातन सोच विरुद्द जातियता पहिचानको लागि क्रियटिभ इनसाइट मिडिया प्रा.लि ले यस प्रतियोगिता आयोजना गर्न लागेको हो । जातिय विविधताले भरिएको नेपालमा आफ्नो पहिचान, अधिकार, र आफुसँग भएको सीप कला र क्षमतालाइ प्रस्फुटन गरि उजागर गर्न यो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको हो । यस प्रतियोगितामा विश्वकर्मा भित्रका करिब १०६ थरहरुलाइ समावेश गरिएको छ । परिवर्तन मिडिया हाउसको व्यस्थापन रहने यस सौन्दर्य प्रतियोगिताको मुख्य उदेश्य राजनैतिक र जातिय विभेद भन्दा माथि यूवा हुनुपर्छ भन्ने रहेको छ ।

miss bishwokarma

विशेष