News

झापामा दुर्लभ जातको अजिङ्गर फेला

झापामा दुर्लभ जातको अजिङ्गर फेला

भदाै - २३ । भद्रपुरमा दुर्लभ जातको ‘कमन पाइथन’ अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका ५ बस्ने लक्ष्मण प्रधानको घरको आँगनमा रहेको कदमको रुखमा अजिङ्गर फेला परेको हो ।

अन्दाजी तीन इन्च गोलाइ, साढे पाँच फिट लम्बाइ र १० केजी तौल भएको अजिङ्गरलाई जिल्ला वन कार्यालयका कर्मचारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । अजिङ्गरलाई बुधबार नै चारआलीस्थित जङ्गलमा छाडिएको वनका रेन्जर देवेन्द्र उप्रेतीले बताएका छन् ।

Jhapa naya ajingar

विशेष