News

भाषा आयोगका अध्यक्षमा डा लवदेव अवस्थी नियुक्त

भाषा आयोगका अध्यक्षमा डा लवदेव अवस्थी नियुक्त
laba dev-awasthi भदाै - २३ । सरकारले भाषा आयोगका अध्यक्षमा डा लवदेव अवस्थीलाई चयन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सरकारका सचिव समेत रहेका डा अवस्थीको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरेको हो । नेपालको संविधानानुसार संविधान जारी भएको एक वर्षभित्र भाषा आयोग गठन गर्ने व्यवस्था छ । सो आयोगको कार्यकाल छ वर्षको हुने छ । संविधानको धारा २८७ मा भाषा आयोग गठन गरिने भन्ने प्रावधान भएबमोजिम शिक्षा मन्त्रालयको सिफारिसमा सचिव अवस्थीलाई आयोगको अध्यक्ष बनाइएको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले बताएका छन् । आयोगका अध्यक्ष एवम् सदस्यको पदावधि छ वर्षको हुनेछ । आयोगमा अध्यक्ष एवम् आवश्यक सङ्ख्यामा सदस्य रहनेछन् । यस्तै आगामी असोज १ र २ गते दक्षिण अमेरिकी मुलुक भेनेजएलाको मागारिता टापुमा आयोजना हुने असंलग्न मुलुकको १७ औँ शिखर सम्मेलनमा उपराष्ट्रपति नन्दबहादुर पुनको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय पनि बुधबारको बैठकले गरेको सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिएका छन् । नेपाल लामो समयदेखि असंलग्न आन्दोलनमा संलग्न रहँदै आएको छ । यसअघि इरानको राजधानी तेहरानमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।

bhasa ayog adhayakshya laba dev awasthi

विशेष