News

विराटनगरका ९० वर्ष उमेर भएका जेष्ठ नागरिकले मासिक १ हजार रुपैयाँ पाउने

विराटनगरका ९० वर्ष उमेर भएका जेष्ठ नागरिकले मासिक १ हजार रुपैयाँ पाउने

भदौ - २३ । विराटनगर उपमहानगरपालिकाले ९० वर्ष उमेर पूरा भएका जेष्ठ नागरिकहरुको सम्मानका लागि मासिक एक हजार रुपैयाँ प्रदान गर्ने भएको छ । सरकारले जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तावापत दिँदै आएको दुई हजार रुपैयाँबाहेक थप एक हजार रुपैयाँ उपलब्ध गराउने विराटनगर उपमहानगरपालिका पहिलो सरकारी कार्यालय हो ।

विराटनगर उपमहानगरपालिकाभित्र बसोबास गर्ने ९० वर्ष उमेर पूरा भएका हरेक नागरिकलाई अभिभावक सम्मान कार्यक्रमस्वरुप मासिक थप एक हजार रुपैयाँ उपलब्ध गराइने कार्यकारी अधिकृत गोपाल रेग्मीले जानकारी दिए । ‘राज्यले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । यसको अलावा उपमहानगरपालिकाले स्थानीय स्रोतबाट थप एक हजार रुपैयाँ प्रदान गर्ने छ,’ कार्यकारी अधिकृत रेग्मीले भने ।

उपमहानगरपालिका कार्यालयका अनुसार हाल विराटनगरमा बसोबास गर्दै आएका ९० वर्ष उमेर पूरा भएकाहरु एक सयको हाराहारीमा रहेको अनुमान छ । विराटनगरमा बसोबास गर्दै आएको जेष्ठ नागरिक ९० वर्ष पूरा भएको एक महिनापछि यो सुविधा लिनसक्ने विराटनगर उपमहानगरपालिकाको कार्यालय जनाएको छ ।

bhatta Biratnagar

विशेष