News

पूर्वयुवराज पारस शाहले ग्रह शान्तिको पूजा गरे (भिडियोसहित)

पूर्वयुवराज पारस शाहले ग्रह शान्तिको पूजा गरे (भिडियोसहित)
parash-shah भदौ – २३ । पूर्वयुवराज पारस शाहले ग्रहशान्ति गरेका छन् । बिहीबार अपरान्ह दक्षिणकाली मन्दिरमा उनले ग्रह शान्तिका लागि विशेष पूजा गरेका हुंन् । पूर्वयुवराज पूजाआजाका लागि मन्दिर आएपछि पूजारी भावुक बनेका थिए । पारसलाई हेर्नका लागि मन्दिर परिषरमा घुँइचो लागेको थियो । parash shah पूर्वयुवराज शाह दक्षिणकाली जाँदै गर्दा उनका शुभचिन्तकले बाइक र्‍याली गरेका थिए । parash shah img_2457 parash shah parash shah parash shah parash shah  parash shah शुभचिन्तकहरुले ‘पारस सरकार जिन्दावाद’, ‘पूर्वराजधिराज सरकारको जय होस्’ ‘राजा आउ देश बजाउ’ जस्ता नारा लगाएका थिए । parash shah parash shah पारस पछिल्लो समय धार्मिक क्रियाकलापमा व्यस्त छन् । उनी यसअघि सुदुरपश्चिमको खप्तड क्षेत्रको पनि भ्रमण गरेका थिए । करिब ५ वर्षसम्म उनी थाइल्याण्डमा थिए । त्यहाँ उनलाई थाइ प्रहरीले लागुऔषध सहित पक्राउ गरेपछि उनलाई पूर्वराजपरिवारले ठूलो रकम धरौटी दिएर मुक्त गराएको थियो । parash shah नेपाल फर्केपनि उनी परिवारका साथमा बस्दैनन् । ललितपुरको सुनाकोटीमा बस्दै आएका छन् । उनी सामान्य जीबनमा फर्कने प्रयासमा रहेको बताइन्छ । नेपाल आएपछि उनको स्वास्थ्यमा सुधार देखिएको र जीबनयापनपनि सामान्य बन्दै गएको निकट स्रोतको दाबी छ । parash shah parash shah

dakshinkalli mandir darsan Paras Shah

विशेष