News
ट्रेड फाइनान्सको प्रवद्र्धनमा हिमालयन बैंक अवार्डबाट सम्मानित
बिहिबार, २३ भदौ २०७३ गते प्रकाशित

भदौ – २३ । हिमालयन बैंकले ‘टीएफपी अवार्ड २०१६– लिडिङ पार्टनर बैंक इन नेपाल’ बाट सम्मानित भएको छ ।
एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सको प्रवद्र्धन गरेको भन्दै हिमालयन बैंक अवार्डबाट सम्मानित भएको हो ।
एसियाली विकास बैंकले प्रदान गरेको उक्त अवार्ड बुधबार सिंगापुरमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो । अवार्ड बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ग्रहण गरे ।
award
Himalayan Bank