News

नेपाली सेनालाई ह्वील चियर हस्तान्तरण

नेपाली सेनालाई  ह्वील चियर हस्तान्तरण
wheel-chear भदाै - २३ । हिन्दू स्वयम्सेवक सङ्घ नेपालले नेपाली सेनालाई १० थान ह्वील चियर हस्तान्तरण गरेको छ । आर्मी अफिसर्स क्लबमा आज आयोजित कार्यक्रममा सङ्घका राष्ट्रिय प्रचारक वेदप्रकाश पौडेलले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति रथी बलदेवराज महतलाई हस्तान्तरण गरेका थिए । सङ्घका स्वयम्सेवक नारायणप्रसाद ढकालले उक्त ह्वील चियर मलेसियास्थित ‘मलेसियन हिन्दू मामन्दरम’ बाट प्राप्त भएको बताए । प्राप्त भएको १४८ ह्वील चियरमध्ये १० वटा नेपाली सेनालाई प्रदान गरिएको र बाँकी रहेको ह्वील चियर आवश्यकता भएका व्यक्ति एवम् संस्थालाई प्रदान गरिने सङ्घले जनाएको छ । सो अवसरमा कायममुकायम प्रधानसेनापति रथी महतले घाइते र फरक क्षमता भएका सैनिकलाई विभिन्न समयमा विभिन्न साधन स्रोत वितरण गर्ने गरेको भए पनि त्यो पर्याप्त हुन नसकेको बताउँदै सङ्घवाट प्राप्त ह्वील चियर आवश्यकता भएको सैनिकलाई प्रदान गर्ने बताएका छन् ।

wheel chear

विशेष