News

संविधान संशोधन स्वार्थका लागि

संविधान संशोधन स्वार्थका लागि
Satya भदाै–२३ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले मधेसमा रहेको राजनीतिक, समाजिक र आर्थिक शोषणको अन्त्य मधेसकेन्द्रित दलबाट नहुने बताएका छन् । महोत्तरीमा एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको कार्यक्रममा उनले मधेसका मुसहर, बाँतर, डोम, दुसाध, चमार र खत्वेलगायत दलित जाति र आदिवासी जनजाति समुदायको अवसरमा पहुँच बढाउने आन्दोलनको नेतृत्व आफ्नै दल एमालेले गर्ने जिकिर गरेन् । आफ्नो दल प्रदेशको सीमाङ्कनका कुराभन्दा जनताका कुनै अधिकार सम्बोधन हुन बाँकी रहेको भए त्यसलाई सच्याउन वा स्पष्ट पार्न तयार रहेको मण्डलले बताए । अहिले नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) र मधेसवादी दलले संविधान संशोधनको कुरा मधेस समस्या सम्बोधनका लागि नभई सरकार गिराउने र बनाउने खेलका लागि ल्याएको आरोप पूर्वमन्त्री मण्डलले लगाएका छन् । रासस

madhesh kendrit dal

विशेष