अपराध सुरक्षा News

बिनाकारण ८८ दिन हिरासतमा

बिनाकारण ८८ दिन हिरासतमा
Prison+jail+cell+open+door भदौ २४ । संविधानप्रदत्त मौलिक अधिकार र विभिन्न समयमा सर्वोच्च अदालतका आदेशद्वारा स्थापित नजिरको अवज्ञा गर्दै प्रहरीले एक नागरिकलाई अदालतमा प्रस्तुत नगरी ८८ दिन हिरासतमा राखेको छ । कानुनबमोजिम पक्राउ परेका आरोपितलाई २५ दिनभित्रै मुद्दा चलाउनुपर्ने बाध्यात्मक व्यवस्था उल्लंघन गरेर उनलाई नख्खु कारागारमा बन्दी बनाइएको छ । उनलाई संविधानबमोजिम २४ घन्टाभित्र अदालतमा हाजिर गराइएको समेत छैन । रसुवा टिमुरे(५ का २६ वर्षीय काङकाश्र तेन्जिङ तामाङलाई अभियोगबिनै यतिका दिनसम्म कारागारमा थुनिएको हो । उनलाई सुन भन्सार चोरी पैठारीको आरोपमा तिब्बतसँग सीमा जोडिएको रसुवागढी नाकाबाट जेठ ३० गते पक्राउ गरिएको थियो । अन्नपूर्णपोष्ट

Jial

विशेष