अपराध सुरक्षा News

प्रेमको बहानामा नेपाली युवतीले भारतीय युवकको यसरी अपहरण गरिन

प्रेमको बहानामा नेपाली युवतीले भारतीय युवकको यसरी अपहरण गरिन

भदौ २४ । भारतीय सीमा सहर जुगौलीका खुर्सिद अहमद भदौ १२ गते सुनौलीबाट पोखरा आउने क्रममा निकै उत्हाहित थिए । कारण उनलाई भेटन भैरहवाकी एक युवतीले पोखरा बोलाएकी थिइन । फोन–फोनमै चिनजान भएपछि उनी पोखरा आएका थिए । ती महिलालाई भेटेपछि के गर्ने भन्ने योजना बनाउदै उनी भदौ ११ गरे रात्री बस चढेर पोखरा आइपुगे ।

उनलाई लिन ती युवती पोखराको पृथ्वी चोकमा उपस्थित थिइन । अहमदलाई आफ्नो घर लाने बहानामा ती युवतीले पोखराको लेखनाथ नगरपालीका–८ को अशोक अधिकारीको घरमा रहको आफ्नो कोठामा पुर्याइन । त्यही पुगेपछि मात्र उनले आफू अपहरणमा परेको थाहा भयो । उनी त्यही घरमा भाडामा लिएको घरमा आफू अपहरणमा परको थाहा पाए । उनी त्यही बन्धक भएर बसे । कोठामा बन्दी बनाइएका उनले त्यहा झ्यालबाट निस्केर भाग्ने योजना बनाए ।

झ्यालबाट बाहिर निस्कने क्रममा उनलाई घरधनीले देखेपछि चोरीको आरोपमा प्रहरीले पक्राउ गर्यो । त्यसपछि मात्र थाहा भयो उनी चोरी गर्ने मनसायले नेपाल आएको नभई आफू अपहरणबाट मुक्त हुन झ्यालबाट भाग्न खोजेको बताए । उता ति अपहरणकारी महिलाले उनका दाजुसँग एक करोड रुपैया फिरौती मागेर फोन गरेकी थिइन । उनलाई भदौ १३ गते लेखनाथ नगरपालिका –८ शिशुवास्थित अशोक अधिकारीको घरबाट मुक्त गरिएको पोखराका प्रहरी नायव उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार अपहरणकारीले एक महिनाबाट योजना बनाएका थिए । सोही अनुसार अहमदलाई उनीहरुले पोखरा घुम्न बोलाएर अपहरण गरका हुन् । अपहरणमा संलग्न भएको आरोपमा भारतीय नागरिक सहाबुद्धिन कुरैसीलाई पक्राउन गरेको छ । उनको साथबाट प्रहरीले एक थान पेस्तोल समेत पक्राउ गरेको छ । उक्त घटनामा संलग्न नवलपरासी कावासोती–११ बस्ने २१ वर्षका अरुण घलेलाई रुपन्देहीबाट पक्राउ परेका छन् । अपहरणको मुख्य योजनाकार भने फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । साप्ताहिकबाट

Apaharn

विशेष