ताजा खबर विदेश

उत्तर कोरियाले न्युक्लियर बम परीक्षण गर्दा ५.३ रेक्टरको भूकम्प

उत्तर कोरियाले न्युक्लियर बम परीक्षण गर्दा ५.३ रेक्टरको भूकम्प

uttara-korea

भदौ २४ । उत्तर कोरियाले शक्तिशाली न्युक्लियर बमको पाँचौ पटक सफलतापुर्बक परिक्षण गरेको छ । शक्रबार बिहान सो बमको सफल परिक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योङहापले जनाएको छ ।

सो क्रममा ५ दशमलब ३ म्याग्नीच्युटको भुकम्प गएको थियो । सो परिक्षणको उत्तरले भने औपचारिक पुष्टि गरेको छैन । प्युनगेई री साईटको सेटेलाईटले उत्तर कोरियाले न्युक्लियर बमको परिक्षण गरेको तस्विर सार्बजनिक गरेको छ । केही अधिकारीहरुले भने आफ्नो स्बतन्त्रता दिबस मनाउने क्रममा उत्तरले सो परिक्षण गरेको बताएका छन् ।

उत्तर कोरियाले स्वतन्त्रता दिवस मनाउदैछ ।   संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी आईएईएको प्रतिबन्द्धका बाबजुत उत्तरले पछिल्लो महिना ब्यालेष्टिक मिसाईलको श्रृखलाबद्ध परिक्षण गर्दै आएको छ ।

Uttar Korea

विशेष