फुड News

यस्ता खानेकुरामात्र किन्नुहोस्

यस्ता खानेकुरामात्र किन्नुहोस्

department-store

भदौ २४ । नेपालमा चाडपर्वको समय सुरु भएसँगै खाद्य सामग्री विक्रेताहरू व्यस्त हुन थालेका छन् । एकैपटक धेरै खाद्य उपभोग हुने यस्तो पर्वमा केही व्यवसायीले गलत तरिकाले फाइदा पनि उठाउन सक्छन् । खाद्य सामग्रीमा मिसावट, स्टकमा रहेका सामग्री बिक्री गर्ने तथा बढी मूल्य लिनेलगायतका कार्य हुन सक्छ । त्यसैले उपभोक्ताले सामग्री खरिद गर्दा विशेष चनाखो हुनुपर्छ ।

खाद्य खरिद गर्दा उपभोक्ताले ठगिनबाट जोगिन अपनाउनुपर्ने केही चलाखीका विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदन चापागाईं यसो भन्छन्ः कुनै पनि प्याकेजिङ गरिएको सामग्री खरिद गर्दा त्यसमा लेभल लागेको छ–छैन हेर्नुपर्छ । लेभलमा उत्पादक कम्पनी, उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति, मूल्यलगायतका विवरण बुझ्ने भाषामा लेखिएको हुनुपर्छ । यस्तो विवरण नखुलाइएका सामग्री खरिद नगर्नु नै उत्तम हुन्छ ।

मसला, चिप्सलगायतका कतिपय घरको एउटा कोठामा सीमित उद्योगले स्थानीय निकायमा सामान्य दर्ता मात्रै गरेका हुन्छन् । यस्ता केही उद्योगले गुणस्तर विभागबाट लिनुपर्ने अनुज्ञापत्र नलिएको हामीले पाएका छौँ । अनुज्ञापत्र नलिई उत्पादन तथा बिक्री गरिएका सामग्रीको गुणस्तरमा शंका गर्ने ठाउँ प्रशस्त हुन्छ । त्यसैले लेभल स्पष्ट बुझ्ने गरी कम्पनीको सही ठेगाना हुनुपर्छ । जसमा जिल्ला, वडा नं, टोल तथा फोन नम्बर उल्लेख हुनुपर्छ । जसले गर्दा आवश्यक परेको समयमा जोकोहीले पनि कम्पनीसँग सीधै सम्पर्क गर्न सजिलो होस् ।

यस्तो सम्पूर्ण ठेगाना नभएको सामान शंकास्पद हुन्छ । उत्पादन गरिएका खानेकुरामा के–के सम्मिश्रण गरिएको छ, त्यसको सम्पूर्ण विवरण उल्लेख गरिएको हुनुपर्छ । नेपालको खाद्य ऐन नियमावलीअनुसार नेपालमा बिक्री गर्ने स्वदेशी तथा विदेशी प्याकेजिङ गरिएको खाद्य पदार्थमा नेपाली वा अंग्रेजी भाषामा सबैले बुझ्ने गरी लेखिएको हुनुपर्छ । अन्य नुबुझिने भाषामा लेखिएको प्याकेट बिक्री गर्न पाइँदैन । प्याकेजिङ गरिएको सामानर्मा यापरको गुणस्तर पनि हेर्नुपर्छ । मेटालिर्क यापरमा प्याकेजिङ गरिएको सामग्री भए राम्रो मानिन्छ । विशेष गरी, सुक्खा प्रोडक्ट चाउचाउ, चिप्स, चामललगायतका खाद्यमा यस्तो प्याकेजिङ राम्रो हुन्छ ।

तर जुस, माछा, मासु, दूधलगायतका सामग्रीको प्याकेजिङ राम्रो भए पनि फुलेको भएमा खरिद गर्नुहुँदैन । फ्रोजन मासुको प्याकेजिङको तल्लो भाग र्वा यापरमा झोल जमेको भएमा गुणस्तरीय हुँदैन । त्यस्तै दूध, फलफूल, जुसलगायतका सामग्रीमा मिति छ भनेर मात्र ढुक्क हुन सकिँदैन । प्याकेजिङमा विशेष चनाखो हुनुपर्छ । दैनिक उपभोग गर्ने खानेतेल खुला नकिन्नु नै राम्रो हुन्छ । नयाँ पत्रिका

Food of Nepal Nepali Food

विशेष