विदेश News

१२ हजार फिटको उचाइमा केबलकार रोकिएपछि......

१२ हजार फिटको उचाइमा केबलकार रोकिएपछि......

cable-car2 भदौ २४ । फ्रान्सको अल्प्स पर्वतमा १२ हजार फिटको उचाईमा रहेको केबलकारमा रातभर ४५ यात्री फसेका छन् ।स्थानीय अधिकारीहरुका अनुसार १ सय १० यात्री केबलकारमा फसेका भए पनि ६५ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । अँध्यारो बढेपछि उद्धार कार्य स्थगित गर्नु परेका कारण ४५ यात्री केबलकार मै रात बिताउन बाध्य भएका हुन् ।

cable-car3

समाचार एजेन्सीहरुका अनुसार तीव्र हावाका कारण केबलकारको तार आपसमा अल्झिएका कारण केबलकार रोक्नु परेको थियो । प्राविधिक कारणले केबलकार सेवा प्रभावित भएको फ्रान्सको आन्तरिक मामला मन्त्रालयले जनाएको छ । फ्रेन्स, इटालियन र स्वीस उद्धार टोलीलाई उद्धार कार्यमा परिचालन गरिएको छ ।

1473394916cable-car

विशेष