विदेश

संसारको सबैभन्दा ठूलो हवाईजहाज चिहान

संसारको सबैभन्दा ठूलो हवाईजहाज चिहान
aeroplane भदाै - २४ । अमेरिकाको एरिजोना राज्यको टक्सन मरुभूमिमा संसारकै सबैभन्दा ठूलो हवाइजहाज चिहान रहेको छ । यो हवाइजहाज चिहान २ हजार ६ सय एकड क्षेत्रफलमा फैलिएको छ । त्यँहा काम लाग्ने तथा काम नलाग्ने गरी हजारौँको संङ्ख्यामा हवाइजहाज राखिएका छन् । उक्त चिहानमा थुप्रै किसिमका लडाकु जहाज देखि यात्रुबाहक जहाज समेत रहेका छन् । त्यहाँका विमान काम नलाग्ने मात्र छैनन् कुनै विमान भने ग्राहकको चाहाना अनुसार इन्जिनियरको मर्मत पश्चात चल्ने बनाएर उड्न सक्ने समेत छन् । वोडयार्ड भनिने उक्त हवाईजहाज चिहान तीन खण्डमा विभाजित गरिएको छ । यसको पहिलो खण्डमा अहिलेसम्म बनेका हवाइजहाजहरुको नमूना राखिएको छ । त्यस्तै दोस्रो खण्डमा  मर्मत गर्न मिल्ने विमान छन् भने तेस्रो खण्डमा काम नलाग्ने विमान रहेका छन् । उक्त हवाइजहाज चिहानको तस्बीर लिन अहिलेसम्म प्रतिबन्ध लगाइएको छ । बोनयार्डको तस्बीर अमेरिकाको प्रसिद्ध कम्पनी माइक्रोसफ्टले स्याटेलाइट मार्फत खिचेको हो ।

America arijona

विशेष